तुलसीपुर उपमहानगरले ८२ लाख भन्दा धेरैको नदिजन्य पदार्थ बेच्यो

तुलसीपुर, ९ फागुन ।  दाङको तुलसीपुर उपमहानगरपालिकाले नदिजन्य पदार्थ विक्रीबाट ८२ लाख भन्दा धेरै राजस्व संकलन गरेको छ । चालु आर्थीक बर्ष २०८०/०८१ को श्रावन महिनादेखी हालसम्मको अवधीमा ८२ लाख ५२ हजार १ सय ७७ रुपैयाँ राजस्व संकलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख शम्भु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले आएई गरेका विभिन्न ११ वटा स्थानबाट ठेली काट्ने व्यवस्था गरिएको छ । ठेलीबाट मात्रै ५६ लाख ६५ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ भने नगरपालिकाले सिधै रकम लिएर २५ लाख ८६ हजार ४ सय २७ रुपैयाँको नदिजन्य पदार्थ विक्री गरेको छ ।

ढुंगा, गिट्टी, बालुवा लगाएतका नदिजन्य पदार्थको लागी एक ट्याक्टर बराबर ८ सय ५० रुपैयाँ राजस्व उठाउदै आएको शाखा प्रमुख शर्माले बताउनुभयो । ठेली (रसिद) काट्नका लागी सम्बन्धित वडाबाट सिफारिस दिएर कर्मचारी राखीएको भन्दै एउटा ठेली बराबर १ सय रुपैयाँका दरले पारिश्रमीक दिदै आएको उहाँले बताउनुभयो । नगरपालिकाले गत मंसिरमा ११ वटा क्षेत्रमा आएई गरेपनी थोरै स्थानबाट मात्रै ढुंगा, गिट्टी, बालुवाहरु उठाउने काम भइरहेको उहाँको भनाई छ । गिट्टी बालुवा उठाउदा नदिमा जेसिबी लगाएतका मेसिनहरु भने लगाउन नपाइने उहाँको भनाई छ । नगरपालिकाले चालु आर्थीक बर्षको अन्त्यसम्म नदिजन्य पदार्थ विक्रीबाट मात्रै ३ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया