धुर्मुसले भने : पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो

दाङ माघ ६ , चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताउनुभएको छ । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडौँमा पत्रकारिता पढेको र केही समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताउनुभयो । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धुर्मुसले धेरै समय पछि दर्शक माझ आउँदा पनि पत्रकार तथा दर्शकको मायाले उत्साह थपेको बताउनुभयो ।

उहाँले भन्नुभयो, गत केही वर्ष सामाजिक कार्य गर्दा आफ्नो पेसामा फर्कन सकेनौं । कम ब्यक हुँदा पनि दर्शक को साथ र मायाले आफूलाई हास्यव्यङ्ग्य क्षेत्रमा झन नयाँ जोस जागर आएको बताउनु भयो । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा बोल्दै कट्टेलले भन्नुभयो तुलसीपुर संग फरक खालको भावनात्मक सम्बन्ध छ । विपतको घडीको सारथी बन्दै राज्यलाई सहयोग गर्ने दृश्यले गरेको सामाजिक काममा व्यस्त हुँदा आफ्नो पेसामा फर्किन पाएनौ, उमेर छँदै केही असल कर्म गरौं भन्ने अभिप्रायले केही बस्ती निर्माण गर्यौ । सामाजिक कार्य गर्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव निराला अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया