
तुलसीपुर, २ फागुन । चर्चित हट गायीका ज्योति मगरले स्टेजबाट भनिन् वुवा बस्नुस अझै रिचार्ज हुनुस । अनि साँझ गएर आमालाई खुशी पार्नुहोला । ‘खोलीभित्र पानी, चोली भित्र जवानी’ बोलको गित गाएर दर्शकलाई उत्तेजित पार्दै गर्दा दर्शक दिर्घाबाट जुरुक्क उठेका करिब ६०/६२ वर्ष जस्तो उमेर देखिने एक पुरुषलाई ज्योति मगरले यसो भनिरहँदा माहोल झनै तातियो ।
ढाँका टोपी, कोट, पैन्ट लगाएका ती पुरुष खितिक्क हाँसे र मुन्टो हल्लाउँदै मौन समर्थन गरे । ज्योति मगरको हट प्रस्तुति हेर्न घन्टौ देखि पर्खेर बसेका हजारौ दर्शकहरु साँझ परेसंगै विस्तारै चिसो हुँदै गएको मौसमलाई समेत च्यालेञ्ज दिदै ताली, हुटिङ धकेलाधकेलले माहोल थप रौनक बन्दै गएको थियो ।
कहिले १८ वर्ष देखि माथि एकसय बर्ष भए पनि आफुलाई कुनै फरक नपर्ने तर, सिंगल हुनुपर्ने त कहिले आफु भर्जिन भएको भन्दै युवाहरुलाई उत्तेजित बनाउँदै चोरी खान पल्केको त्यो सेक्सी बिरालो भन्न पठाउँथिन् । ज्योति मगरले गाउँदा बढ्दै गएको तापक्रमकाे पारो नसकिदासम्म तिरन्तर उकालो चढि रह्यो । जसका कारण प्रहरीलाई दर्शकको हुलहुज्जत र भिड थाम्न निक्कै पापड पेल्नुप¥यो र कतिलाई नियन्त्रणमा समेत लिनु पर्ने अवस्था आयो ।
करिब आधादर्जन गित गाएर माहोल गरमागर्मी बनाएकी ज्योति मगरको अंग प्रर्दशन र उनले प्रयोग गर्ने अश्लिल शब्दको बाहिर जति टिकाटिप्पणी र आलोचन भएपनि उनि आउने भनेपछि अघिपछिको दिनमा भन्दा त्यो दिन दर्शकहरुको भिड, दोब्बरले वृद्धि हुने गरेको महोत्सव आयोजकहरुले बताउने गरेका छन् ।।