तुलसीपुर, १७ मंसिर । दाङको तुलसीपुरमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । पार्किङ निषेध क्षेत्रमा सवारी साधन पार्किङ गर्ने सवारी चालक धमाधम कारवाहीमा पर्न थालेका छन् । विशेष गरी मानिसको बढि भिडभाड हुने विरेन्द्र चोक आसपासमा क्षेत्रमा जहाँ पार्किङ निषेध लेखेको हुन्छ त्यही पार्किङ गर्नेहरुलाई कारवाही गरिएको गरिएको हो ।
कतिपयलाई सम्झाई बुझाई गरेर छाडिएपनि अटेरी गर्नेलाई कारवाही गर्दै आइएको छ । सडक साघुरो हुदा पैदलयात्रीलाई आवतजावतमा असहज भइरहेको अवस्थामा झनै सडकमा जथाभावी सवारी साधन पार्किङ गर्ने र जेब्राक्रसिङमा समेत पार्किङ गर्ने भएकाले त्यस्ता सवारी चालकलाई ट्राफिक प्रहरीले तिव्ररुपमा कारवाही गर्न थालेको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार