मङ्सिर ९ गते देखि हराइरहेका तुलसीपुर – ७ गणेशपुरका रेग्मी भेटिए

तुलसीपुर, १७ मंसिर । मङ्सिर ९ गतेदेखि हराइरहेका दाङ तुलसीपुर – ७ गणेशपुरका १२ वर्षिय बालक आनन्द रेग्मी आज दिउसो काठमाडौं बसपार्क नजिकै फेला परेका छन् ।
बालकका बुवा जीवराज रेग्मी उनको खोजीका लागि काठमाडौँ गएको भएपनि उनको काकाले फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । काम विशेषले काठमाडौँ गएको र काम सकाएर घर फर्किने भनेर बसपार्कका टिकट काट्न भनी गएको वेलामा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी गत शनिबार म काठमाडौँमा पढ्छु भनेर सार्वजनिक बसमा चढेर त्यहाँ पुगेका थिए । तर उनी काठमाडौँमा मात्रै नबसेर नेपालगञ्ज आएर २÷३ दिन बसेर फेरी काठमाडौँ फर्किएको र सवारी साधनमा नै बस्ने गरेका थिए।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया