स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा,१७ मंसिर । स्रोत नखुलेको ८ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियापट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षीय महोमद फिरोज रहेका छन् ।भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले बरियापट्टी–३ चमार टोल सीमा इलाकाबाट शनिवार पक्राउ गरेको हो ।

गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले उनको साथबाट १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो । पक्राउ परेका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया