लैंगिक हिंशा विरुद्ध सल्यानको छत्रेश्वरीमा सामूहिक प्रतिबद्धतामा हस्ताक्षर

सल्यान, १३ मंशिर ।  सल्यानको छत्रेश्वरी गाउँपालिकामा जनप्रतिनिधी, कर्मचारी तथा स्थानीय नागरिकहरुले लैंगिक हिंशा विरुद्ध सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार हिंशा नगर्ने, नसहने र भएको देखेमा आवाज उठाउने प्रतिवद्धता गरेका हुन् । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएत कर्मचारी तथा सर्वसाधारण नागरिकहरुले महिला हिंशा विरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

छत्रेश्वरी गाउँपालिका अन्तर्गत वास ईकाईको आयोजनामा सामूहिक हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको वास संयोजक निमराज केसीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुले समाजमा छोरा र छोरी दुवै बराबरी भन्ने सोचलाई आत्मसात गर्दै लैंगिक हिंसाविरुद्ध व्यापक जनचेतना जगाउ आवश्यक रहेको बताएका थियो । यसैविच छत्रेश्वरी गाउँपालिकामा घरेलु स्यानीटरी प्याड निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका छात्रा, महिला शिक्षक लगाएत सहभागि महिलाहरुले प्याड बनाउने सीप सिकेका हुन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया