पश्चिमी वायुको प्रभावले चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाण्डौ, १३ मंसिर ।  नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव परेको छ । जसको प्रभावका कारण अस्तिदेखि दाङसहित देशका धेरै ठाउँको मौसम धुम्मिने र सफा हुने क्रम चलिरहेको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ । दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी बताउनुभयो ।

तर, पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया