आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा ५८ करोड बढी राजश्व संकलन

दाङ, १२ मंसिर । आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा चार महिनाको अवधिमा ५८ करोड बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको अवधिमा ६७ करोड ९६ लाख १७ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८६ दशमलव ०६ प्रतिशत अर्थात ५८ करोड ४८ लाख ७९ हजार रुपैंया राजस्व संकलन भएको हो । गत आर्थिक वर्ष २०७९र८० मा चार महिनाको अवधिमा ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी तथा कर अधिकृत प्रेम बहादुर सुनारले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म आय करको १४ करोड ९० लाख ५३ हजार नौ सय ८० रुपैंया बक्यौता रकम रहेको छ । यस्तै मूल्य अभिबृद्धि कर तर्फ ३२ करोड ७० लाख ३१ हजार ५ सय ४८ रुपैंया बक्यौता अधिकृत सुनारले बताउनुभयो । उहाँका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० को कार्तिक मसान्तसम्म ६८ करोड ७६ लाख ९२ हजार रुपैंया राजस्वको लक्ष्य राखेकोमा ५६ करोड ८० हजार अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आर्थिक वर्षमा चार महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा ४ दशमलव ४ प्रतिशत बढी राजस्व वृद्धि गरेको हो ।प्रदेश टुडेबाट साभार गरिएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया