
तुलसीपुर,३ मंसिर । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ बस्ने बर्ष २८ को अमृत केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनु भएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ८४६४ नम्मबरको मोटरसाइकल र घोराही देखि तुलसीपुर तर्फ आउँदै गरेको रा ७ प ६५५४ नम्बरको मोटरसाइकल आज बेलुका सवा ६ बजेको समयमा ग्वार खोला नजिकै एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका केसिको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रम ज्यान गएको प्रहरीले जनाएको छ । रा ४ प ८४६४ नम्बरको मोटरसाइकल चालक सल्यान सारदा नगरपालिका १ श्रीनगर बस्ने बर्ष २४ को दिनेश बुढाथोकी र पछाडी सवार सोही ठाँउ निवासी बर्ष २४ को कमल केसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।