चट्याङ लागेर एक किशोरको मृत्यु

दैलेख, २ असोज ।  दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा महाबु गाउँपालिका–३ निवासी १६ वर्षीय किशोर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिनुभएको छ । यस्तै चट्याङ लागेर नौ जना घाइते भएको र उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो ।

हिजो सोमवार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लोमा चट्याङ लाग्दा १० जना घाइते भएकोमा १६ वर्षीय दाहालको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको हो ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया