आज सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं, १ असोज ।  आज सोमबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ । हिजो आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया