देशका २१ स्थानमा जनप्रतिनिधि रिक्त

काठमाडौ, २६ भदौ ।  देशका २१ स्थानमा जनप्रतिनिधि रिक्त रहेका छन् । मृत्यु भएकोलगायत कारण २१ ठाउँमा जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १७ वटा वडामा अध्यक्षको पद रिक्त छ । त्यस्तै प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, गाउँपालिका अध्यक्ष र गाउँपालिका उपाध्यक्षमा पनि एक÷एक वटा पद रिक्त रहेको छ ।

आयोगकाअनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका ५, वाग्मती प्रदेशका ४ तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका ३–३ स्थान खाली छन् । त्यस्तै कोसी र मधेस प्रदेशमा २–२ तथा गण्डकी प्रदेश १ स्थान जनप्रतिनिधिविहीन भएका छन् । खाली रहेका स्थानमा सरकारले समय दिनासाथ उपनिर्वाचन गराउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया