खाद्य संस्थानद्धारा ४ हजार क्वीन्टल चामल ढुवानी

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २९ फागुन ।

नेपाल खाद्य संस्थान अन्चल कार्यालय तुलसीपुरले वितेको झन्डै आठ महिनाको अवधिमा करिव ४ हजार क्वीन्टल चामल ढुवानी गरेको छ । चालु आर्थिक वर्षको फागुन २७ गते सम्म कार्यालयको तथ्याङक अनुसार तिन हजार छ सय छेपन्न क्वीन्टल चामल ढुवानी भएको कार्यालयका प्रमुख अनिल कुमार श्रेष्ठले जानकारी दिएका छन् । आर्थिक वर्ष ०७४/०७५ मा जिल्लाका विभिन्न स्थानमा पठाउने गरी जम्मा पाँच हजार तिन सय क्वीन्टल चामलको कोटा रहेकोमा उक्त संख्यामा फागुन सम्म ढुवानी भईसकेको छ ।

जस अन्र्तगत डोल्पाको दुनैका लागी यस वर्ष दुई हजार क्वीन्टल चामल कोटा रहेकोमा फागुन २७ गते सम्म एक हजार पाँच सय पन्ध्र क्वीन्टल चामल ढुवानी भईसकेको छ । त्यस्तैगरी डोल्पाकै जुफालका लागी एक हजार क्वीन्टल चामलको कोटा रहेकोमा हाल सम्म आठ सय चालिस क्वीन्टल , डोल्पाकै सर्मिका लागी चार सय क्वीन्टल कोटा रहेकोमा सवै ढुवानी गरिसकिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै लिकु डोल्पा र शोभागाउँ रुकुमका लागी छुट्याइएको कोटा अनुसार फागुन अन्तिम सातामा सवै चामल पठाइएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कम चामल निर्यात भएको छ । गत आर्थिक वर्षमा नौ हजार दुई सय क्वीन्टल चामल कोटा रहेको थियो भने यस आर्थिक वर्षमा कम चामल कोटा रहेको छ । तर सस्थानले विक्रि गदै आएको चामल पहिलेको तुलनामा पछिल्नो समयमा कम विक्रि हुने गरेको छ ।

विगतमा पहाडी तथा हिमाली जिल्लामा सडकबाटोको सुविधा नहुदा सस्थानले ढुवानी गरेको चामल स्थानिय उपभोक्ताले उपभोग गदै आएका थिए भने हाल सडकबाटो विस्तार भएकाले उपभोक्ताहरुले बजारको चामल वढि उपभोग गदै आएको नेपाल खाद्य सस्थान अन्चल कार्यालय तुलसीपुरका प्रमुख श्रेष्ठले जानकारी दिए ।

तर आर्थिक वर्ष सकिन अझैे चार महिना बाँकी रहेकाले जिल्लामा चामल माग भई कोटा बृद्धि हुन सक्ने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । उनले अहिलेको मोटामोटी निर्धारण गरीए अनुसार कोटा थोरै भएपनि पछि माग अनुसार बढि हुन सक्ने बताएका छन् । अहिले नै यसैलाई अन्तिम कोटा मान्न नमिल्ने उनको भनाई छ । रुकुम,डोल्पामा सुर्खेत र नेपालगन्जबाट पनि चामल ढुवानी हुने गरेको उनले जानकारी दिएका छन् ।।

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया