तुलसीपुर, २६ जेठ । दाङको शान्तिनगरमा सरसफ बनाउने ३ दिने तालिम सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिका–४ नम्बर वडा कार्यालयको सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान दाङ को आयोजनामा तालिम संचालन गरिएको थियो । संस्थाका उपाध्यक्ष रामबहादुर नेपालीको अध्यक्ष्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष गोमन बहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन अवसरमा वडा सदस्य भूपबहादुर पुन, दलित महिला सदस्य उमा विश्वकर्मा, वडा सचिव लोकेन्द्र खड्का, संस्थाका सदस्य किरण बिक, प्रशिक्षक टीका कुमारी गौतम र सहभागीका तर्फबाट सबिता चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिममा दलित तथा विपन्न महिला गरी २८ जनाको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तालिमका क्रममा आफैंले उत्पादन गरेको सरफ समेत वितरण गरिएको थियो । आर्थिक तथा सामाजिक सशक्तीकरणमा योगदान पु¥याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलताका लागि आवश्यक सीप प्रदान गरेको आयोजकले जनाएको छ ।






