प्रविधिको दुरुपयोग हुदा बालविवाह बढ्यो

दंगीशरण, २ साउन । लैंगीक हिंसा तथा बालबिबाह समाजमा अझै पनि कायम भईरहेको पश्चिम दाङमा आयोजित एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । जनप्रतिनिधि आईसकेपछि पनि यस्ता घटना न्युनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम हुने गरेता पनि सोचे अनुसारको परिवर्तन हुन नसकेको उनीहरुको भनाई छ । दंगीशरण गाउँपालिकामा सम्पन्न भएको लैंगीक हिंसा पिडित तथा बालबिबाह प्रभावितहरुलाई नेतृत्व विकास तालीममा सहभागिहरु बक्ताहरुले यस्तो बताएका छन् ।

उनीहरुले रोजगारी प्राप्त तथा शिक्षित महिलाहरु लैगिंक हिंसाबाट कम प्रभावित भएता पनि घरायसी काम लागेका महिलाहरु बढि प्रभावित हुने गरेको बताएका छन् । यस्तैगरी वालविवाह पनि चेतनाको अभाव भएका ठाउँमा बढि हुने गरेको उनीहरुले बताएका छन् । पछिल्नो समय प्रविधिको विकास भएसंगै हरेक बालबालिकाको हातहातमा मोवाएल सेवा हुदा यसले अझ बढि बालविवाह बढाएको उनीहरुको mभनाई छ । प्रविधिको दुरुपयोगले गर्दा नै बालविवाह घट्नेको साटो बढेको उनीहरुले बताएका छन् ।

दुई स्थानीयतहमा बालबिबाहको अवस्था
दंगीशरण र शान्तीनगरमाबालबिबाह गर्ने मध्ये बालिकाको संख्या धेरै रहेको एक तथ्यांकले देखाएको छ । २०७४÷७५ मा सिडले गरेको सामाजिक सर्वेक्षणमा २३.५९ प्रतिशतले बालबिबाह गरेको भेटिएको थियो । जसमा ९० जना अर्थात ४० प्रतिशत बालक र १ सय ३३ जना अर्थात ६० प्रतिशत बालिका रहेका छन् । १८ देखी २० बर्ष उमेर समुहका ५२ प्रतिशतले बिबाह गरेको पाईएको थियो । उक्त समुहका ४६ अर्थात ४० प्रतिशत बालक र ६९ जनाअर्थात ६० प्रतिशत बालिकाले बिबाह गरेका थिए । यस्तै १५ देखि १७बर्षका ४४ प्रतिशतले बिबाह गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया