जनताको संघर्षबाट स्थापना भएको अस्पतालमा लापरवाही नगर

तुलसीपुरमा संचालनमा रहेको राप्ती प्रादेशिक अस्पताल सानोतिनो ताकतले स्थापना भएको होइन । यसमा तुलसीपुरबासीको ठूलो संघर्ष, त्याग र योगदान रहेको छ । राज्यले आफै नागरिकलाई स्वास्थ्य सेवा प्रादान गर्नका लागि स्तरिय स्वास्थ्य संस्थाहरु स्थापना गर्नुको साटो नागरिकले उल्टै आन्दोलन गर्नुप¥यो । यस क्षेत्रका जनताले आन्दोलन मात्र गरेनन् अस्पताल निर्माणका लागि मुठ्ठी दान देखि जग्गा दान गरेर अस्पतालको लागि भवन समेत निर्माण गरे । जनताको भौतिक र आर्थिक सहयोग संगै व्यापक जनदवावपछि सरकारले वि.सं २०६५ मा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तर वृद्धि गरेर राप्ती अञ्चल अस्पताल स्थापना गरेको थियो । यस क्षेत्रका नागरिकले महापुराण लगाएर संकलन गरेको रु दुई करोड रुपैयाँ र पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो । यसको एउटै उद्देश्य थियो घरआगनमा सहज रुपमा स्वास्थ्य सेवा पाउनु ।

तर बिडम्बना यहाँ नागरिकलाई विगत झै नेपालगञ्ज, बुटवल, काठामाण्डौ र भारतका विभिन्न सहरमा औषधि उपचार गर्नका लागि जाने बाध्यताले छोड्न सकेन् । ठूला–ठूला भवनहरु छन् । डाक्टरहरु छन् । त्यसलाई संचालन गर्ने विकास समिति र अस्पताल प्रशासन पनि छ तर कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । विभिन्न कालखण्ड पार गर्दै आउँदा अहिले अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी डा. ओम प्रसाद अर्यालले पाउनु भएको छ । उहाँ आउँदा नागरिकले सुधारको केहि आशा पनि गरेका थिए । तर बिडम्ना उहाँ आएको एक महिनामा पहिलो काम अस्पतालमा आएका डाइलासिस मेसिन बाँड्ने काम भयो । नागरिकले अस्पतालको नियमित कामकाजमा सुधार, रिफरका केसलाई न्युनिकरण, आइसीयु सेवा संचालन, डाइलासिस सेवाको विस्तार, विचौचलियालाई निरुत्साहित जस्ता काम हुन्छनकी भन्ने सोचेका थिए । तर उनि निश्चित मेडिकल माफियाको घेरमा परे र सरकारको तलब खाएर बिचौलिायको खेति गाउन थाले । जसका कारण अस्पतालमा कुनै कामको सुधार हुन सकेन् र उनि असफल निमित्त मेसु जस्तै भएका छन् । डाइलासिस जस्तो संवेदनशील कुरामा उनको ध्यान जान सकेको छैन । लाइनमा पालो कुरेर बसेका बिरामीको उपचारका लागि थप सेवा विस्तार गर्नुको साटो ३ वटा डाइलासिस मेसिन नेपालगञ्ज मेडिकल कलेजालई दिएर विवादमा तानिएका छन् । उपचार अभावमा छटपटिएका मिर्गौलाका दिर्घ रोगीहरको चित्कार सुन्ने उनलाई फुर्सद छैन । अस्पतालको बागडोर समहालेका अर्याललाई बिहान उठेपछि निजी अस्पताल र १० बजे सरकारी अस्पताल त्यसपछि फेरी सोही अस्पतालमा गएर पैसा कमाउने उद्देश्य भन्दा अरु केहि छैन । प्रदेश नं ५ का दाङ, रुकुम र रोल्पा तथा प्रदेश नं ६ का सल्यान र जाजरकोटबाट समेत सेवाग्राही उपचारका लागि आउने गरेकामा उचित स्वास्थ्योपचार पाउन नसक्दा बाँके, रुपन्देही, काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता छ । त्यसकारण अस्पतालको नाम अनुसार काम हुनलाई र मनपरितन्त्रको अन्तय गर्न सरोकार निकाय सबैले दबाब सृजना गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया