सल्यानमा गठबन्धनको चुनावी तालमेल नहुने निश्चित(अडियो सहित)

फाइल फोटो

दाङ,४ बैशाख । सल्यानमा सत्तागठबन्धन दलहरुका बिचमा चुनावी तालमेल नहुने निश्चित जस्तै भएको छ । गठबन्धन दलहरुका बिचमा बारम्बार छलफल र बैठक आयोजना गरेपनि सहमती नजुटेपछि चुनावी तालमेलको सम्भावना हाललाई टरेको छ । विशेषगरी साझेदार दल नेकपा माओवादी र कांग्रेसले आ-आफनै दावी र अडानलाई कायमै राखेपछि तालमेल नहुने पक्का जस्तै भएको नेताहरुले बताएका छन् ।

आईतवार बसेको सत्ता साझेदार दलको बैठकमा कांग्रेस र माओवादी बीच भागबन्डामा कुरा नमिल्दा गठबन्धनको विषय टरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले स्वच्छ प्रतिस्पर्धा गर्ने तर गठबन्धन नगर्ने निर्णय समेत गरेको कांग्रेस जिल्ला सभापति केस बहादुर विष्टले जानकारी दिनुभयो ।
आवाज

सल्यानको क्षेत्र नम्बर १ र २ लाइ मिलाएर गठबन्धन गर्ने खालको मोडालिटी थियो तर कांग्रेसले आफुले जितेका पालिका छोडेर सहमति गर्न खोज्दा पनि माओवादी केन्द्रले आफनो अडान नछोडेपछि तत्कालका लागी चुनावी तालमेल गर्ने सम्भावना टरेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया