स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक र घाइतेकाे पहिचान खुल्यो

स्याङ्जा ४ बैशाख । स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका(१२ सिर्सेकोटबाट वालिङ(१३ को बायाँटारीका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ(१२ को फिरफिरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा  वालिङ नगरपालिका(१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षकी हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ वर्षका छोरा गौरव सारु र वालिङ नगरपालिका(१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो ।  दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।  घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । जीपमा ११ जना यात्रु थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया