१२ बर्षे बालक ५ दिनदेखि बेपत्ता 

शान्तिनगर ३  बैशाख । पश्चिम् दाङ्ग बाट एक १२ बर्षे बालक ५ दिन देखि बेपत्ता भएका छन।

दंगिशरण गाउँ पालिका वडा नम्बर ७ श्रीगाउं निवासी राम बहादुर रानाका १२ बर्षे छोरा दिपेस राना चैत २९ गते  घर देखि बेपत्ता भएको वाबु राम बहादुर रानाले  बताउनुभएकाे छ ।

छोरो हराएको ५ दिन भैसक्यो कतै अत्तो पत्तो छैन धेरै खोजी गरियो फेला परेन छोरो हराउँदा आफ्नो परिवारलाई निकै पीडा भएको भन्दै छोराको खोजी कार्य गरिदिन बावु सबैमा अनुरोध गर्नु भएकाे हाे ।   साथै फेला पार्नु हुने महानुभाब हरुले ९८०९७४४७८४ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएकाे छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया