
दाङ,३ बैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । बुटवलमा सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले मोहन के.सीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा प्रकास बस्याल, केशब बहादुर भण्डारी,सचिवमा केशबराज पौडेल, सहसचिवमा दामोदर श्रेष्ठ , हुम बहादुर क्षेत्री कोषाध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तैगरी सदस्यहरुमा परशुराम चौधरी, रबिन्द्र शाही ,कृष्णलाल ,खिमा कुमारी बि.क , विधान श्रेष्ठ , बासुदेव आचार्य ,कमल भुर्तेल ,जितेन्द्रमान लिगल , कृष्ण बहादुर बिक , ओमनाथ भण्डारी , लाल बहादुर तामाङ, गोविन्द भण्डारी ,अमर बहादुर डाँगी , धनबहादुर गाहा ,आतुवारी रैदास ,अमर गुरुङ ,मदन थापा , मिना नेपाली , सहविर ओली र नवराज पाण्डे चयन हुनु भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले सपथ ग्रहण गराउनु भएको केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले जानकारी दिनुभयो ।