शाह स्मृति खेलकुद समितिको संयोजकमा श्रेष्ठ

दाङ, ३ बैशाख । दाङ जिल्लामा छरिएर रहेका खेलकुद क्षेत्रका पुरानो पुस्ताका खेलाडीहरुको बृहत भेला तुलसिपुरमा सम्पन्न भएको छ । भेलाले जिल्लाको खेल क्षेत्रको बिकास र बिस्तारमा स्वर्गीय कुबेर बहादुर शाहको अतुलनीय योगदानको उच्च सम्मान गर्दै दाङ जिल्ला खेलकुद बिकास समितिका संस्थापक सदस्य सचिव केदारराज श्रेष्ठ संयोजक रहेको सात सदस्यीय शाह स्मृति खेलकुद संचालन समिती गठन गरेको छ ।

जसको सदस्यमा पदमा चौधरी,टेक बहादुर बिक,लोकेन्द्र बैरागी, सुसील श्रेष्ठ, लक्ष्मण बस्नेत र कमल खत्री चयन हुनु भएको छ । समितिले जिल्लाको खेलकुद बिकासमा स्वर्गीय कुबेर बहादुर शाहको योगदानलाई सदैव जीवन्त राख्न आगामी कार्ययोजना सहितको कार्यविधि बनाएर अगाडि बढ्ने संयोजक श्रेष्ठले बताउनु भयो । नयाँ र पुरानो पुस्तालाई खेल बिकासको मुख्य मेरुदण्डका रुपमा जोडेर अगाडि बढ्ने प्रयासमा छौ यसले जिल्लाको खेलकुदमा नयाँ आयमले ल्याउने उहाले बताउनुभयो ।

भेलामा बोल्ने वक्ताहरुले जिल्लाको खेलकुद बिकास क्रमको इतिहासमा दोस्रो पुस्ताको सिङ्गो खेलकुदलाई डोर्‍याएर आफुलाई खेल क्षेत्रमा पुर्ण रुपमा समर्पित गरेका खेलकुद क्षेत्रका हस्ती कुबेर बहादुर शाहको योगदानको स्मरण गरेका थिए । सो अबसरमा पुर्व रास्ट्रीय खेलाडी ईन्द्रध्वज बस्नेत,मान बहादुर गोल्ड स्मिथ,चिरञ्जीवी रिजाल,गोपाल जङ शाह, पद्मा चौधरी,भिम बहादुर डाँगी,ध्रुब शाह,ओमभक्त गिरी ,टेक बहादुर बिक, सुमन घले,बिरेन्द्र कुमार शाह ,देवेन्द्र वैरागी, लोकेन्द्र वैरागी,सुशील श्रेष्ठ र शरण थापा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया