रोल्पामा लागुऔषध(अफिम) खेती प्रहरीद्धारा नष्ट

तुलसीपुर,२ बैशाख । रोल्पामा लागुऔषध(अफिम) खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको परिवर्तन गाउँपालिका वडा नम्बर ४ सिजाखोला स्थित जंगलको बिच भागमा ८(९ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पाछावाङबाट प्रहरी निरीक्षक धन बहादुर रानाको कमाण्डमा गएको प्रहरी टोलीले अफिम खेतीलाई नष्ट गरेको प्रहरीले शुक्रवार जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया