
तस्विर : अरुण नेपालीको फेसबुक वालबाट
तुलसीपुर, २ बैशाख । तुलसीपुरका एक युवकको मलेसियामा निधन भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका दाङ तुलसीपुर १३ तुही रनियापुरका २७ वर्षिय कमल नेपालीको एक्कासी निधन भएको छ । उहा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको हुदा घटना संकास्पद रहेको आफन्तीले बताएका छन् । निधन भएको हो वा हत्या भएको भन्ने बारेमा केहि खुलेको छैन ।
विगत पाँच बर्षदेखी मलेसियामा रोजगारी गदै आएका नेपाली पाँच वर्षपछि घर फर्किने तयारी गरेको बेलामा दुखद घटना भएको स्थानिय अरुण नेपालीले जानकारी दिनुभयो । नेपालीको शव घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हुदा घटना रहस्यमय भएको उहाले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार