नेपाल दलित संघको पदस्थापन कार्यक्रम सम्पन्न

तुलसीपुर, १ बैशाख । नेपाली कांग्रेसको भातृसंगठन नेपाल दलित संघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुले पदस्थापन गरेका छन् । घोराहीमा आयोजित पदस्थापना तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश कमिटिका पदाधिकारीहरुले पदस्थापन गरेका छन ।कार्यक्रम निर्वाचन समिति नेपाल दलित संघ लुम्बिनी प्रदेशले आयोजना गरेको थियो ।निर्वाचन आयोगका संयोजक कृष्णविके रसाईलीको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा दलित संघ लुम्बिनी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित सभापति जोगेन्द्र विश्वकर्मा सहितको पदाधिकारीले पदस्थापन गरेका छन् भने उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

नेपाल दलित संघ दाङका उपसभापति देव कुमार नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद अनिता देवकोटा, लुम्बिनी प्रदेश सरकार राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठ, सविधान सभा सदस्य बुद्धिराम भण्डारी, कांग्रेस दाङका निवर्तमान सभापति किर्ति बहादुर खड्का, जिल्ला उपसभापति कमानसिंह भारती,नेपाल दलित संघका केन्द्रिय सचिव देविका नेपाली, नवनिर्वाचित प्रदेश सभापति जोगेन्द्र विश्वकर्मा, प्रदेश सहसचिव खेम सेन्चुरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सावित्रा राना, अरुण लहरे, नेपाल दलित संघ दाङका सभापति बाबुराम विश्वकर्मा र निर्वाचन समितिका तेजेन्द्र विश्वकर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उपसभापति प्रकाश नेपालीले गर्नुभएको थियो ।गत फागुन २७ र २८ गते प्युठानमा भएको प्रथम एतिहासीक अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार
प्रतिक्रिया