
काठमाडौ, १ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमाआज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्नेछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ । राति महाराष्ट्रमा सकिएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।जितसँगै पन्जाबले ५ खेलबाट ६ अंक जोडेको छ । पन्जाब तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगितामा अहिलेसम्म खेलेका ५ वटै खेलमा पराजित भएको मुम्बई तालिकामा अङ्कविहिन छ ।
प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार