
तुलसीपुर,१ बैशाख । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले देशमा देखिएको आर्थिक संकटको समाधान गर्दै उद्यमशीलताको विकासमा जोड दिनुभएको छ ।
नव बर्ष २०७९ सालको पवान अवसरमा सम्पूर्ण नगरबासीमा शुभकामना व्यक्त गर्दै नगर प्रमुख पाण्डेले संघिय लोकतान्त्रिक गणतन्त्र तथा प्रजातन्त्रको रक्षा र सुद्रिडीकरणका लागि स्थानीय तहको निर्वाचनले सक्षम, सबल जनप्रतिनीधीे छान्न सफल होस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्तीमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउनकालागि पनि सरकारसंग माग गर्नुभएको छ ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको बताउँदै नगर प्रमुख पाण्डेले सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्नुभएको छ ।