मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु

फाइल फोटो

तुलसीपु्र, ३० चैत । नवलपरासी पूर्वमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । जिल्लाको देबचुली नगरपालिका वडा नंम्बर १४ स्थित भित्री सडकखण्डमा गएराती सवा एक बजे उत्तरबाट दक्षिणतर्फ आउदै गरेको बा.प्र.३–००३ प २०४८ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक स्याङजा वालिङ नगरपालिका वडा नंम्बर ७ बस्ने वर्ष ३३ का धन बहादुर राना गम्भिर घाईते भएका थिए । दुर्घटनामा परी गम्भिर घाईते भएका चालक रानाको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया