
काठमाडौ, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र पन्जाव किङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ । आइपीएलमा राति सकिएको खेलमा चेन्नई सुपरकिङ्स विजयी भएको छ । राति सकिएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैङ्लोरलाई २३ रनले हराएको हो । चेन्नइले दिएको २ सय १७ रनको लक्ष्य बैङ्लोरले पूरा गर्न सकेन ।
बैङ्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९३ रन मात्र बनाउन सक्यो । यसअघि चेन्नईले ४ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार