काँग्रेसले एक महिने चुनावी घरदैलो अभियानको समापन

फाइल फोटो

काठमाण्डौ,२९ चैत । नेपाली काँग्रेसले एक महिने चुनावी घरदैलो अभियानको समापन गरेको छ । स्थानीय तह चुनाव केन्द्रित ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानको मंगलवार समापन गरिएको हो । फागुन २९ गतेदेखि काँग्रेसले घरदैलो अभियान चलाएको थियो। यसबीचमा प्रदेश, जिल्ला, पालिका, टोल र घरघरमा पुगेर अभियान सञ्चालन गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

काँग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ।प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ । स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरिने केन्द्रीय समितिले निर्णय गरिसकेको पनि उहाँले बताउनुभयो । साथै चुनावी गठबन्धनका क्रममा काँगेसले केही उदारता देखाउने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया