बेमौसमी तरकारी खेती तालिम समापन

तुलसीपुर, २९ चैत । तुलसीपुर उपमहानगरपालिका १७ मानपुरमा आयोजित बेमौसमी तरकारी खेती तालिम सोमवार समापन भएको छ । विश्व ओमकार संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा कृषकलाई लक्षित गरेर वेमौसमी तरकारी खेती तालिमको आयोजना गरिएको थियो । संस्थाका जिल्ला अध्यक्ष जोगेन्द्र विश्वकर्माको अध्यक्षता एवं वडा अध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका छन् । सिप सिकेर मात्रै तालिमको औचित्य नहुने भन्दै उनीहरुले व्यवसायीक तरकारी खेती गरी आत्म निर्भर बन्न सुझाव दिएका छन् ।

चैत्र २४ देखि २८ सम्म संचालन भएको तालिममा सहभागीहरुलाई वेमौसमी तरकारीका विउविजन, पानी सिचाई हजारी, पोलीव्याग प्रदान गरिएको थियो । तालिममा १५ जना सहभागीता रहेको थियो भने ५ दिन सम्म संचालित तालिममा वेमौसमी तरकारी खेती बारे सैद्धान्तिक र व्यवहारिक सीप प्रदान गरिएको थियो । तालिमको प्रशिक्षकमा निराजन सुनार रहनु भएको आयोजकले जानकारी दिएको छ ।सो अवसरमा तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य सुशिला वुढाथोकी, संस्थाका सहसचिव देवी प्रसाद हलवाई, तालिमका सहभागी सुकवहादुर वस्नेत, विष्णा पौडेल लगायतले मन्तव्य व्यक्त गुर्न भएकोे थियो भने सहजीकरण संस्थाका सचिव भीम विश्वकर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया