
काठमाडौ, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ । आज हुने एक मात्रै खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल डक्टर डीवाई पाटील स्पोर्ट्स एकेडेमीमा साँझ ७ ः४५ मा सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले जित हात पारेको छ ।मुम्बईमा हिजो भएको पहिलो खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले हराउँदै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय १५ रन बनायो ।
२ सय १६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन मात्र बनाउन सक्यो ।जितसँगै दिल्ली ४ खेलमा ४ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने ५ खेलमा ६ अङ्क जोडेर कोलकोत्ता दोस्रो स्थानमा रहेको छ । हिजै भएको अर्को खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले निर्धारित ओभरमा विकेट गुमाएर १ सय ६५ रन बनायो । १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । जितसँगै राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।राजस्थानले ४ खेलमा ६ अङ्क जोडेको छ भने लखनउले ५ खेलमा ६ अङ्क जोडेपनि रन रेटको आधारमा तालिकाको पाँचौं स्थानमा रहेको छ ।