नेपालगञ्जमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु

सांकेतिक फाईल फोटो

बाँके, २८ चैत । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएको छ । प्रदेश ३, ०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको बीपीचोक नजिक ठक्कर दिँदा ३ जना पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेका अनुसार राति करिब पौने १२ बजे कोहलपुरबाट आउँदै गरेको कारले ठक्कर दिँदा ६५ वर्षका समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षकै अलि इद्रिसीको मृत्यु भएको हो ।

कारले ठक्कर दिएपछि घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले नै नजिकैको नर्सिङहोम पु¥याएका थिए । अस्पताल पु¥याएलगत्तै तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कार र चालकलाई नियन्त्रणमा लिइएको पनि डीएसपी न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया