हिमाल बचाँऔँ, नदि जोगाऔँ बिशेष अभियान समापन

फाईल फोटो

तुलसीपुर २८ चैत ।मानव अधिकार तथा शान्ति समाजले सुरु गरेको हिमाल बचाँऔँ नदि जोगाऔँ, बिशेष अभियान आईतबार दाङमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशको रुकुम पूर्बको रुकुमकोटबाट गत चैत १८ गतेदेखि शुरु गरेको अभियानकाल क्रममा कर्णाली प्रदेशको रुकुम पश्चिमको मुसिकोट र सल्यानको श्रीनगर हुदै प्युठानको धर्मपानी,रोल्पाको होलेरी र दाङको घोराहीमा पुगेर जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाऔँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको दाङका सभापति तुलसीराम सुनारले जानकारी दिनुभयो ।

हिमालय बचाऔँ : नदी जोगाऔँ , गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार,दुब्र्यसनी बिरुद्धको अभियान ६ जिल्लामा पुगेर दाङमा समापन गरिएको हो । एक हप्ता सम्म चलेको अभियानको सपमान कार्यक्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिब निर्मल नेपाली,दाङ शाखा सभापति तुल्सीराम सुनार लगाएतले सम्वोधन गर्नुभएको थियो । पहिलो चरणको सचेतना मुलक अभियान समापन भएको भन्दै आगामी दिनहरुमा पनि यस्तै खाले अभियान संचालन गर्ने उनीहरुले बताएका छन् । उक्त अभियानमा शान्ति समाज दाङ शाखाका कोषाध्यक्ष कोमल डिसी, निर्बतमान कोषाध्यक्ष अमृतप्रसाद शर्मा र शाखा सदस्य माधब बस्नेत लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया