
काठमाण्डौ,२७ चैत । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी प्रहरीले बताएको छ । आाइतबार बिहान हाईस्कुलटारबाट दमौली तर्फ जादै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल व्यास नगरपालिका १ मा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार