
तुलसीपुर, २६ चैत । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा कार्यरत नायब सुब्बा विरेन्द्र डिसीको उपचारकै क्रममा निधन भएको छ । मानव अधिकार तथा शान्ति समाज सल्यान शाखाका उपसभापति बिमला वली डाँगीका धर्मपति समेत रहनु भएका डिसीको नर्भिक अस्पताल काठमाडौमा उपचारकै क्रममा शनिवार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सल्यानको शारदा नगरपालिका खलंगा निवासी डिसी विगत केहि समय देखी विरामी हुनु भएको थियो । अस्पतालमा उपचाररत डिसीको विहान निधन भएको हो ।
प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार