घाँस काट्न गएका पुरुष बेपत्ता

 चितवन २६ चैत । चितवनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १२ जनकपुरका ६५ वर्षीया रामप्रसाद धमला छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ९ बजेर ५ मिनेट जाँदा सोही वडाको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा स्थानीयले बाघको आक्रमणमा परेको जानकारी दिनासाथ सेना र प्रहरीको टोलीसहित खोजी कार्य भइरहेको छ । हालसम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया