उरहरीमा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालीम सुरु

 तुलसीपुर २५ चैत । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा ग्रामिण पशु श्वास्थ्य कार्यकर्ताको लागी तालीम सुरु भएको छ । विद्यालयको आयोजना तथा सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा ३९० घण्टे तालीमको एक कार्यक्रमका विच उद्घाटन भएको हो । पशु विज्ञान तर्फका संयोजक डा.छविकिरण अधिकारीको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने सहभागीहरुले छोटो अवधिको तालीमबाट सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढ्न आग्रह गरेका थिए । पशु ब्यवसायमा संलग्न किसानहरुमा तालीमले ब्यवसाय प्रबद्धनमा टेवा पुग्ने उनिहरुको भनाई थियो ।

विद्यालयका शिक्षक नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वली,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी, प्रशिक्षक डा.विधान पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक निर्मल कुमार वलीले गरेका थिए । २०७९ जेठ ३० गते सम्म सञ्चालन हुने तालीममा ४० जनाको सहभागीता रहेको छ । यसैविच पशु विज्ञान तर्फका प्रथम बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ । दोस्रो बर्षका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन । विद्यार्थी रोहित कुमार शर्माको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरी प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । शिक्षक नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शि.अ.संघका अध्यक्ष लिलाधर डाँगी, प्रधानाध्यापक पदम बहादुर वली, वि.ब्य.स.सदस्य होताराम बस्नेत लगायतले बाल्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यार्थी पुष्पकोमल खत्रिले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया