तुलसीपुर, २४ चैत । तुलसीपुर उच्च अदालतका रजिष्ट्रार यमबहादुर बुढाले कानुन समाजको आधार भएको बताएका छन् । कानुनका दृष्टिले कोही पनि सानो ठूलो नहुने भन्दै उनले कानूनका विद्यार्थीहरुले न्यायको पक्षका वकालत गर्नुपर्ने वताए । “सबै विषयको मुल विषय नै कानुन हो , यसले समाज र देशलाई दिशावोध गराउँदछ” उनले भने । तुलसीपुर मेट्रो कलेजले विएएलएलबी दोस्रो व्याचका विद्यार्थीका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै रजिष्ट्रार बुढामगरले सामाजिक न्यायका लागि विद्यार्थीहरुले आवाज उठाउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शैक्षिक विकासका लागि मेट्रो कलेजले महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरामा जोड दिए । उनले कानुनलाई सही तवरले सदुपयोग गर्न पनि विद्यार्थीहरुलाई सुझाए ।
कानुन संकायका संयोजक गोपाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रमुख वसन्त आचार्य, अधिवक्ता श्रीराम चौधरी, विद्यार्थी श्रेया गौतम, देविसरा ओली, प्रकाश ओली लगायतले वोलेका थिए भने कार्यक्रमको सहजिकरण विद्यार्थी तिर्सना रोकाले गरेकी थिइन् ।
कलेजले लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा गत शैक्षिक सत्रबाट तुलसीपुरमा बिएएलएलबीको कार्यक्रम सुरुवात गरेको हो ।

