टरिगाउँ एयरपोटको गलत प्रतिवेदन तयार भयो : महासचिव पोख्रेल

तुलसीपुर, २३ चैत । तुलसीपुरमा तरकारी तथा फलफूल बजार र मावि सेन्टरको भवन एकैसाथ उद्घाटन गरिएको छ । उदघाटन लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभएको हो । उदघाटन गदै उहाले भविस्यमा कृषि केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।यसका लागी व्यवस्थित र दिर्घकालिन बनाउनका लागी सहयोगको महत्वपुर्ण भुमिका हुनुपर्ने उहाले बताउनुभयो ।नेकपा एमालेका महासचिव समेत रहनु भएका पोख्रेलले आफनो नेतृत्वको सरकारले दाङमा थुप्रै विकास गरेको दावी गर्नुभयो ।

विगतमा जिल्लामा मुस्किलले एक दुई वटा खोलामा पुल हुने गरेकोमा आफनो नेतृत्वको प्रदेश सरकारले दर्जनौ पुल बनाएको दावी गर्नुभयो । यस्तैगरी शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताउदै उहाले एतिहास बोकेको दाङको टरिगाउँ बिमानस्थलमा ईन्धन डिपो स्थापना गरेको बताउनुभयो ।कुनै समय गौचरण भएको एयरपोट नियमित संचालन गरेको बताउनुभयो । साथै केपी ओली नेतृत्वको सरकारले स्तरोन्नतीको लागी पहल गरे पनि सेर बहादुर देउवा नेतृत्वको सरकारले प्रतिवेदनको नाममा गलत रिपोट तयार गरेर अहिले आफुहरु माथी आरोप लगाउने काम गरेको उहाले बताउनुभयो ।
आवाज

सो अबसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई कृषिको हवका रुपमा विकास गर्ने योजनाका साथ काम गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका र गाउँ नगर साझेदारीको पहलमा उपमहानगरपालिकाको उत्तर तर्फको खाली जग्गामा अस्थाई टहरा २०५७ साल कात्तिक २२ गते शुरु भएको थियो ।तर १५ वर्षपछि उक्त ठाउँ खाली गरेर उपमहानगरपालिका र व्यापारीको सहमतीमा मावि सेन्टर स्कूलको १३ कठ्ठा जग्गालाई २० वर्षका लागि भाडामा लिएर त्रिपक्षीय सम्झौता भई तरकारी बजार संचालनमा आएको हो । तरकारी तथा फलफूल कृषि बजार संचालनका लागि २०७६ साल मंसिर महिनाको ८ गते उक्त स्थानलाई हस्तान्तरण गरिएको थियो ।उक्त बजार दुई करोड ३५ लाख ४५ हजार २६ रुपैंया ३९ पैँसामा निमार्ण गरिएको छ । सो बजारभित्र ३८ वटा स्टलहरु रहेका छन् जसमध्यबाट १९ वटा स्टल फलफूल, १७ वटा तरकारी, एउटा कार्यालय र एउटा चमेनागृह संचालनमा रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया