देशको सुरक्षा नै मुख्य मुद्धा हुने युक्रेनका राष्ट्रपतिभोलोदिमिरको भनाइ 

काठमाडौ,२३ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धपछि देशको सुरक्षा नै मुख्य मुद्धा हुने बताउनुभएको छ । उहाँले आफ्नो देश आफ्नै अनुहारसहितको ‘ठूलो इजरायल’ बन्न चाहेको पनि बताउनुभएको छ । राष्ट्रपतिले एक स्थानीय मिडियालाई टिप्पणी दिँदै द्वन्द्व पछिसबै संस्था, सुपरमार्केट, सिनेमाघरहरूमा सशस्त्र सेनाहरू तैनाथ गरिने बताउनुभएको अलजजिराले खबर लेखेको छ ।

यसरी आगामी १० वर्षमा युक्रेनको सुरक्षा पहिलो नम्बरमा हुने दाबी पनि उहाँले गर्नुभएको छ । राष्ट्रपती जेलेन्स्कीले युक्रेन अधिनायकवादमा नफस्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया