
तुलसीपुर, २३ चैत ।दाङमा बुधवार देखी सबै पालिकामा बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप दिने तयारी गरेपनि दुई वटा पालिकाले मात्रै खोप लगाउन सुरु गरेका छन् । देशव्यापी रुपमा चैत २५ गतेदेखी खोप अभियान संचालन गर्ने भनेपनि दाङमा भने २३ गतेदेखी सुरु गर्ने तयारी थियो । तर घोराहीको केहि वडा र गढवा गाउँपालिका बाहेक अन्य पालिकाले आउदो शुक्रवार देखी मात्रै उक्त खोप अभियान सुरु गर्ने भएका छन् ।विद्यार्थीहरुको परिक्षालाई मध्येनजर गदै स्वास्थ्य कार्यालय दाङले बुधवार देखी खोप अभियान सुरु गर्ने भनेपनि सवै पालिकामा लागु हुन सकेको छैन ।
सम्बन्धित पालिकालहरुले तयारी नपुगेको भनदै २५ गते देखी नै खोप लगाउने तयारी गरेका छन् । बालबालिकामा टाईफाईड रोगको संक्रमण जोखिम बढेपछि सरकारले देशभर पहिलो पटक यो खोप लगाउन थालेको छ । सोहि अनुरुप जिल्लामा दुई लाख दुई हजार एक सय ३४ जना १५ महिनादेखि १५ वर्ष सम्मका बालवालिकालाई खोप दिने लक्ष्य राखीएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिनुभयो । खोपका लाग जिल्लामा एक हजार एक सय ९५ स्वास्थ्यकर्मी र दुई हजार तीन सय ८१ जना महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।