सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ, २३ चैत। सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको भाउ तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया