
सांकेतिक फाईल फोटो
काठमाण्डौ,२३ चैत । सल्यान सहित देशका १७ जिल्लामा कोरोनाका सक्रिय विरामीको संख्या अहिले शुन्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सल्यान सहित इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु र बाजुरा जिल्लामा एक जना पनि कोरोना सक्रिय संक्रमित छैनन ।
देशभर अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय १२ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमणदर घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ । अझै पनि अधिकांस ठाउँमा कोरोना जोखिम कायममै भएपनि संक्रमणदर भने घटेको छ ।
प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार