
तुलसिपुर २२ चैत । दाङ प्रहरीले लेनचेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको ववई गाउँपालिका ५ बस्ने वर्ष ४४ को गोबिन्द प्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला अदालत बाट २०७७ साल साउन २५ गते चेक अनादर मुद्दामा प्रतिवादी घिमिरेलाई दुई वर्ष कैद सजायको फैसला भएको थियो । फरार घिमिरेलाई गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले लुकिछिपी आफ्नै घरमा बसेको अबस्थामा सोमबार दिउँसो १२ बजे पक्राउ गरी मंगलबार जिल्ला अदालत घोराही दाङमा फैसला कार्यन्वयनको लागि पठाईएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार