मजदुर संगठनद्धारा सदस्यता तथा नवीकरण अभियान सुरु

तुलसीपुर, २२ चैत । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि दाङले सदस्यता तथा नवीकरण अभियान सुरु गरेको छ । यातायात मजदुरहरुको छाता संस्था रहेको संगठनले जिल्लामा सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरेको अध्यक्ष केशव बहादुर भण्डारीले जानकारी दिनुभयो । यातायात क्षेत्रमा आबद्ध यातायात मजदुरहरुलाई संगठित गर्ने उद्देश्यका साथ नयाँ सदस्यता वितरण पनि सुरु गरिएको छ । संगठनको केन्द्रिय सर्कुलर अनुसार जिल्लामा यातायात मजदुरहरुको क्रियाशिलता बढाउन नवीकरण तथा नयाँ सदस्यता वितरण गर्न लागीएको उहाले बताउनुभयो ।

मंगलवार देखी तुलसीपुरको बसपार्कमा सुरु भएको अभियानमा संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वली, केन्द्रिय सदस्य क्षेत्र बहादुर योगी लगाएतको उपस्थिति रहेको थियो । जिल्लामा अहिले तुलसीपुर क्षेत्रमा झन्डै दुई हजार , घोराही क्षेत्रमा एक हजार बढि र लमही क्षेत्रमा झन्डै डेढ सय यातायात मजदुरहरु संगठनमा आबद्ध भएको उहाले जानकारी दिनुभयो । उहाले सदस्यता संख्या थप बढाउने लक्ष्य रहेको बताउनुभयो । विगत लामो समय देखी यातायात क्षेत्रमा आबद्ध यातायात मजदुरहरुको हक र अधिकारको लागी संगठनले विभिन्न कार्यक्रम तथा आन्दोलन गर्दै आएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया