तुलसीपुर ४ मा खसीबाख्रालाई पिपिआर खोप निशुल्क लगाईयो

तुलसीपुर, २२ चैत । तुलसीपुर ४ का किसानहरुले पालेका खसीबाख्रालाई पिपिआर खोप निशुल्क लगाईएको छ ।तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखा कार्यालयको आयोजनामा वडाका कृषकहरुले पालेका खसीबाख्रालाई पिपिआर खोप निशुल्क रुपमा लगाईएको हो । किसानहरुको मागलाई मध्येनजर गर्दै स्थानिय स्तरमै पिपिआर खोप सेवा प्रदान गरिएको वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले जानकारी दिनुभयो ।

पशु सेवा कार्यालयका प्राविधिकहरुले किसानका खसीबाख्रालाई पिपिआर खोप लगाएका हुन् । यस्तैगरी अबको केहि दिनमा तरुले, भेरीखोर, सिमलखोरे, लामीदमार क्षेत्रका किसानहरुलाई पायक पर्ने गरी खोप शिविर आयोजना गर्ने योजना रहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया