चुनाव सम्म गठबन्धन टिक्छ : समाजवादी नेता खनाल

तुलसीपुर, २१ चैत । नेकपा एकीकृत समाजवादी दाङको आयोजनामा अघुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जिल्ला कमिटि अध्यक्ष सुरामणि बेलबासेको अध्यक्षता एवं पाटीका नेता तथा पुर्ब प्रधानमंत्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्वोधन गर्दै नेता खनालले केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानको उलंघन गरेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले ओलीले संविधानको प्रावधान विपरित संसद् विघटन गरेर जनता माथी घात भएको आरोप लगाउनुभयो ।

जनता र राष्ट्र माथी ठुलो घात गर्न खोजिएपछित्यसका विरुद्ध आफुहरु लागेको उहाले बताउनुभयो । अहिले पाँच दलिय गठबन्धन सरकारले जनता र राष्ट्रको हितको पक्षमा काम गरीरहेको उहाले बताउनुभयो । उहाले यो गठबन्धन आउदो चुनाव सम्म टिकी राख्ने बताउनुभयो ।कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज भागवत विश्वासी र एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले संसदीय प्रणाली विरुद्ध आफुहरुले खवरदारी गर्ने बताउनुभयो । साथै आउदो स्थानीय तहको निर्वाचनमा गठबन्धनको जित हुने र एमाले पराजित हुने निश्चित भएको उनीहरुले बताएका थिए ।

सो अवसरमा जिल्ला इन्चार्ज जोगबहादुर राना लगाएतले बोल्नु भएको थियो । जिल्ला उपाध्यक्ष चुर्णबहादुर वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मीना गुरुङले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई केन्द्रीय सचिव एव प्रदेश इन्चार्ज भागवत विश्वासी, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष मेटमणी चौधरीलगायतले स्वागत गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया