
तुलसीपुर २० चैत्र । बाल सहारा इङ्लिस बोर्डिङ स्कुल तुलसीपुर–४ बनहरी दाङमा अध्यननरत कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाइ गरेका छन् । कक्षा ९ मा अध्ययनरत छात्र सपना थापाको सभापतित्व एवं विद्यालयका भाइस प्रिन्सीपल रुद्र बहादुर बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
विदाइ कार्यक्रममां विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी सुवेदी, सदस्य शरदचन्द्र शर्मा, अङ्ग्रेजी शिक्षक डिल्लीराज भुसाल, विज्ञान शिक्षक विराट आचार्य लगायतले विदाइ मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गित नृत्य चुट्किला आदि प्रस्तुत गरिएको थियो भने कार्यक्रमको संचालन छात्र सागर न्यौपानेले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार