
सांकेतिक फाईल फोटो
तुलसीपुर,२० चैत । घोराहीमा सार्वजनिक ईनारमा हामफालेर एक पुरुषको मृत्यु भमएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका २ निमोरिया बस्ने ३४ वर्षीय होमनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चौधरीलाई आइतवार बिहान साढे ८ बजे ईनारमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । सोहि सुचनाको आधारमा अहिले नेपाली सेना र प्रहरी टोली घटना स्थल पुगी ईनारबाट शव निकाल्ने काम गरिरहेको प्रहरीले बताएको छ । उक्त घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार